एमाले सांसदको अवरोधका बीच विनियोजन विधेयक २०७८ पारित

 

प्रमुख प्रतिपक्षी नेकपा एमालेको सांसदको अवरोधका बीच सुरु भएको संसद् बैठकमा विनियोजन विधेयक २०७८ पारित भएको छ ।  प्रतिनिधिसभाबाट विनियोजन विधेयक बहुमतले पारित भएको हो ।

नाराबाजीकैबीच सभामुख अग्नि सापकोटाले संसद्को कारबाही अगाडि बढाउनु भएको थियो ।सभामुख अग्निप्रसाद सापकोटाले ‘विनियोजित विधेयक पारित गरियोस्’ भन्ने प्रस्ताव पेस गर्न अर्थमन्त्री जनार्दन शर्मालाई अनुमति दिनु भएको थियो। मन्त्री शर्माले प्रस्ताव पेस गरेपछि बहुमतले यो विधेयक पारित भएको हो ।  प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरु नारावाजीमा केन्द्रित भए भने सत्तारुढ गठबन्धनका कुनै पनि सांसदले छलफलमा भाग लिएनन्  । विनियोजन विधेयकमाथिको छलफलको सबै प्रक्रियामा नेमकिपाका सांसद प्रेम सुवाल भने एक्लैले सहभागिता भएको थियो ।

सांसद सुवालले कृषिमा खर्च बढाउनुपर्ने, प्रत्येक युवालाई सैन्य तालिम दिएर देशको रक्षामा लगाउनुपर्ने,एमसीसी जस्ता परियोजनालाई अगाडि बढाउन नहुने बताएका बताए ।वाइडबडी जहाज प्रकरण, तारागाउँ विकास समितिमा भएको भनिएको भ्रष्टाचार, आवश्यक औषधि खरिद लगायतका विषयमा अर्थमन्त्रीलाई प्रश्न समेत गरेका थिए ।विधेयकको मन्त्रालयगत शीर्षकमाथिको छलफल सिध्याएर अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिएपछि सभामुखले खर्च कटौती सम्बन्धी नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राखेको प्रस्ताव निर्णया पेश गरे थिए ।सांसद सुवालको खर्च कटौतीको प्रस्ताव अस्वीकार भएपछि विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री शर्माले पेश गरे । एमालेको नाराबाजीका बीच विधेयक बहुमतले पारित गरे ।

प्रतिनिधिसभाबाट पारित विधेयक अब राष्ट्रिय सभामा जनेछ । राष्ट्रियसभाले पारित गरेर पुनः प्रतिनिधिसभामा पठाउँनेछ । त्यसलाई स्वीकार गरेर प्रतिनिधिसभाले सभामुख मार्फत राष्ट्रपतिकहाँ पठाउँछ र कार्यान्वयनमा आउँछ । त्यसपछि हालको बजेट होलिडेको अन्त्य हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?