
दमौलीः नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठले नेपाली कांग्रेसको आसन्न १४ औं अधिवेशनमा महाधिवेशन प्रतिनिधि पदमा लड्ने घोषणा गरेका छन् । श्रेष्ठ यस अघि व्यास नगर सभापति पदमा लड्ने चर्चामा रहेका थियो ।
आज नेपाल पत्रकार महासंघ तनहुँको सभा हालमा पत्रकार सम्मेलनमा श्रेष्ठले आफूले चुनाव जित्ने विश्वास व्यक्त गरेका छन्। तनहुँ क्षेत्र नम्बर १ बाट खुलातर्फको महाधिवेशन प्रतिनिधि चुनाव लड्ने घोषणा गरेका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै श्रेष्ठले महाधिवेशन प्रतिनिधिमा मेरो उमेर भन्दा तलका साथी भाइहरूले आफूलाई महाधिवेशन प्रतिनिधि पदमा जान हौसला दिएका कारणले नै आफूले यो उम्मेदवारको घोषण गरेको श्रेष्ठले जानकारी दिए । लामो समय नेपाल सरकारको सेवा र दुई दशक व्यवसाय क्षेत्रमा संग्लनता भएको आधारमा पनि आफनो मतदाताहरु कतै नजाने समेत आफूले विश्वाश रहेको प्रस्ट परे। आफ्नो अनुभव र क्षमताका आधारमा पनि चुनाव जित्ने समेत श्रेष्ठले बताएका छन् । आफू कुनै समुह र गुट नभएकाले नेता नभएर कार्यकर्ताको मतले चुनाव जित्ने कुरामा समेत जोड दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?