काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल, मट्टीतेल र हवाई इन्धन आन्तरिकको प्रतिलिटर १० रुपैयाँ मूल्य घटेको निगमले जानकारी दिएको छ ।
यससँगै पेट्रोलको मूल्य प्रतिलिटर १७५, डिजेल र मट्टीतेलको प्रतिलिटर १६५ रुपैयाँ कायम भएको छ ।
बढेको मूल्य आज रातिदेखि लागू हुनेछ । केही समयअघि भारतबाट इन्धनको मूल्य घटेर आएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?