‘स्वदेशमै केही गरौँ’ भन्ने सोचका भएकाम ४ जनाको समुहले १६ करोड ८० लाख लगानीमा तनहुँ जिल्लामा जलबराही कृषि तथा पशुपंक्षी फर्म सञ्चालनमा ल्याएका छन् ।
नेपालमा वैदेशिक रोजगारीमा लाग्ने युवाहरुको जमात ठूलै भएकाले देशमै केहि गर्न सकिन्छ भन्ने उदाहरणा समुहले देखाएको छ । परम्पारगत कृषि पेशा अंगाल्दै अएका तथा वैदेशिक रोजगार छाडेर कृषि पेशा शुरु गर्ने क्रममा चार जना समुहले सञ्चालनमा हुन् ।तनहु जिल्लाको व्यास नगरपालिका–१ भादगाउँमा ५ रोपनी जग्गा खरिद गरेर फर्म सञ्चालनमा ल्याइएको फर्ममा हाल दैनिक ४०० देखि ४५० लिटर सम्म दुध उत्पादन हुँदै आएको छ ।
उक्त फर्ममा उत्पादित दुध दमौली र भादगाउँका स्थानिय व्यक्तिले फर्ममै लिन आउने समुहले बताएको छ । रोजगारको सिलसिलामा अर्काको काम गर्दै अएको हरिराज अधिकारीको मनमा पनि आफ्नै लगानीमा केहि गरौ भन्ने भावना आएपछि अर्काको काम गर्न छोडेर अहिले साथीहरु संग मिलेर फर्म संचालनमा ल्याएको उनि बताउछन् । कृषि क्षेत्रमा पचुर सम्भावना देखेकाले अधिकारी बिहान देखि बेलुका सम्म फर्ममै ब्यस्त रहेको देखिन्छ । आफुलाई समुहले बिश्वास गरेर आर्थिक क्षेत्रको जिम्मेवारी दिएको कारणले यो भूमिकामा सबै साथीहरुले सहयोग गरेकोमा खुशी रहेको उनले बताए ।
आफ्नो परिवारको सहयोग तथा समाजमा केहि गरौ भन्ने भावना भएको लगानीकर्ता सर्मिला अधिकारी पनि फर्म सञ्चालनमा आफु खुशी रहेको बताउछिन् । फर्म सञ्चालनमा ल्याइएको झण्डै आठ महिनाको अवधिमा यहाँ उत्पादन गरेको दुधले अपुग रहेकाले थप भैसीहरु थपेर माग पुरा गर्ने छौ र छोटो अवधिमा यहाँका स्थानिय व्यक्तिहरुको विश्वासले अहिले सम्म फर्ममै दुध लिन आएकोमा हामीलाई उर्जा प्रदान गरेको उनले सुनाए । आफ्नो श्रीमान बैदेशिक रोजगारीको सिलसिलमा १० बर्ष बिदेशी भूमिमा दुखा गरेको सबै सम्पति यहि फर्ममा लगानी गरेकोमा आफुलाई खुशी रहेको अर्को लगानीकर्ता शोभा केसीले बताउछिन् । लगानी गर्दा श्रीमानको पनि पूर्ण सहयोग रहेको र अहिले पनि उनले फर्ममै अएर हेरचाह गर्ने भएकाले थप हैसला मिलेको शोभाले बताए ।
”तनहुँ जिल्लालाई दूधमा आत्मनिर्भर बनाउने उद्देश्यले फर्म संचालन गरेको हो , दुध लिन ग्राहकहरु फर्म सम्मआएकोमा हामीलाई अझ काम गर्न प्रेरणा मिलेको छ उनीले भनिन् । उमेर ढल्किदै गएका माया भण्डारी अब त आराम गर्नु पर्ने देखिन्छ तर यसको उल्टो उनी फर्म लगानी गरेर युवाको जोशमा कम गर्दै अरु लगानीकर्ताहरुको प्रेरणको श्रोत बनेको देखिन्छ । शोभालाई आफ्नो श्रीमानले पनि सहयोग गरेकोमा खुशी ब्यक्त गरे । साथै हामी सबै मिलेर काम गर्छौ कसले तेरो मेरो भन्ने भावना कसैको छैन कस्तो मिलनसार व्यक्तिको सहकार्यमा रहेर काम गर्न पाउँदा आफूलाई खुशी लागेको उनले बताए ।
१ सय १२ वटा भैंसी भएको उक्त फर्ममा १० जना कर्मचारीहरू कार्यरत छन् । बिहान देखि वेलुकासम्म कर्मचारीहरूले भैंसीहरुलाई आहार ,पानी ,दान र स्याहार गर्दै सबै कर्मचारीले जिम्मेवारी पूर्वक कार्य गरिरहेकोमा हामी सबै खुशी रहेको लगानीकर्ताहरुले बताएका छन् । त्यसैगरी दुम्सिचौरमा मल तथा पाठपाठी व्यावस्थापन गर्न लागि ७५ रोपनी जग्गा खरिद गरी त्यस क्षेत्रमा तरकारी , फलफूल , सागसब्जी र आधुनिक गाँसा रोप्ने तयारी थालेको समेत सञ्चालकहरुले बताए । पहिलो चरणमा बाराही अर्गानिक बहुउद्देश्यीय प्रालिको नाममा सञ्चालन ल्याएपनि नामको कुरा नमिलेका कारण पहिलो समय जलबराही कृषि तथा पशुपंक्षी फर्म प्रालि मा सञ्चालन गरेको अधिकारीले बताए। संघिय सरकार , प्रदेश सरकार र स्थानिय निकायले कुनै खालको सहयोग नगरेकोमा उनीहरूले दुःखेसो पोखेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?