सिक्किमको हिम पहिरोमा परी तीन नेपालीको मृत्यु

काठमाडौं : भारतको सिक्किमस्थित गान्तोक–नाथुला सडक खण्डमा हिमपहिरोमा परी तीन नेपालीले ज्यान गुमाएका छन्।

नेपालीसहित सात जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्। उक्त हिमपहिरोमा परी करिब एक दर्जन घाइते भएका छन्।

मृत्यु हुने नेपालीहरुमा चितवनका शिवप्रसाद लामिछाने र आशिका ढकाल तथा रुपन्देहीकी मुना शाह श्रेष्ठ रहेका छन्। अन्य मृतकहरु भारतको उत्तरप्रदेश, पश्चिम बंगाल र कोलकाताका छन्।

मंगलबार दिउँसो सवा १२ बजेतिर गान्तोक–नाथुलापास जोड्ने जवाहरलाल नेहरु सडकमा हिमपहिरो खसेको थियो। हिमपहिरोमा ५–६ वटा सवारी साधनसहित २०–३० जना पर्यटक फसेका थिए। लगत्तै भारतीय सेना र सुरक्षाकर्मीले उद्धारको कार्य गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?