टिम नेपो तनहुँद्वारा दमौली अस्पताल परिसर सरसफाई

दमौली :  टिम नेपो तनहुँले व्यास नगरपालिका-३ स्थित दमौली अस्पताल परिसर सरसफाई गरेको छ। अस्पताल परिसर शनिवार सरसफाई गरेको हो ।

व्यास नगरपालिका -३ का वडाध्यक्ष अनुप रानाले टिम नेपोले गरेको सिर्जनात्मक कार्यलाई प्रशंसा गर्दै उनले यो क्लबलाई वडा कार्यलय =को तर्फवाट गर्न सक्ने सहयोग सदैब रहिरहने बताए ।

टिम नेपो तनहुँका अध्यक्ष रवि अधिकारीले टिम नेपो तनहुँले विगतका वषदेखि नै वातावरणको क्षेत्रलाइ समेटेर वातावरणको सरसफाइ, वृक्षारोपण, वायु प्रदुषण न्यूनीकरण, शिक्षा तथा युवा नेतृत्व विकासको क्षेत्रमा काम गर्दै आएको जानकारी दिए ।

दमौली अस्पतालका प्रमुख डा. दिवस ढकालले दमौली अस्पताल परिसरमा फोहोर व्यवस्थापनका लागि आवश्यक सहयोग रहेको धन्यवाद व्यक्त गरे।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि भरत पौडेल ,अस्पतालका सुरक्षाकर्मी घन बहादुर बस्नेत , सामुदायिक साझेदारी प्रहरी,  अस्पतालका स्वास्थ्यकर्मी र स्थानियबासीहरुको सहभागी रहेको थिए ।

टिम नेपो तनहुँले मानुकोटमा नेपालको झण्डा, विद्यालयमा शैक्षिक सामाग्री, बृक्षारोपण, नेतृत्व विकास तालिम, आखा तथा स्वास्थ्य शिविर, सरसफाइका लगाएका कार्यक्रमहरु गदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?