सभामुखले जुराए प्रचण्ड, देउवा र ओलबीच छलफल

काठमाडौं : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रमुख दलका शीर्ष नेताहरूबीच कुराकानी नभइरहेको अवस्थालाई मध्यनजर गरेर बैठक बोलाइएको बताएका छन् ।

शनिबार सिंहदरबारस्थित उनको कार्यकक्षमा तीन दलका शीर्ष नेताहरूसहित बैठक बसेको थियो । पछिल्लो समय तीन राजनीतिक दलका नेताहरूबीच सामूहिक विषयमा कुराकानी हुन नसकेको अवस्थालाई मध्यनजर गरी बैठक बोलाइएको उनले स्पष्ट पारे ।

उनीहरूबीच आज सामान्य कुराकानी गराउने प्रयास भएको उनले बताए ।

“सहमति र विमतिभन्दा पनि नेताहरूको बीचमा आपसमा बसेर सामूहिक विषयमा कुराकानी भएको थिएन, सामान्य कुराकानी गराउन पहल भएको छ,” उनले भने, “सामान्य कुराकानी भएको छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?