तनहुँमा कोरोना भाइरस (कोभिड–१९) को पिसिआर परिक्षण प्रयोगशाला संचालनमा आएको छ । व्यास नगरपालिका वडा न १० स्थित दुम्सीबजारमा पिसिआर मेसिन जडान गरि प्रयोगशाला सञ्चालनमा ल्याईएको हो ।उक्त कोभिड १९ पिसिआर प्रयोगशालाको बिहीबार गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मधु अधिकारीले उद्घाटन गरेकी छन् ।
व्यास नगरपालिकाको अगुवाइमा संचालन भएको प्रयोगशाला तनहुँ, गोर्खा र लमजुङ जिल्लाका नागरिकहरुले सेवा लिन पाउने बिश्वाश लिएको छ । प्रयोगशालाको उद्घाटन गर्दै मन्त्री गुरुङले विश्व महमारी कोरोना भईरास सिर्जना हुदा सुरुमा काठमाडांै मात्रै परिक्षण गर्ने व्यवास्था गरेकाले लामो समय लाग्ने गरेकाले विभिन्न क्षेत्रमा प्रयोगशाला संचालान गर्नु पर्ने देखेपछी यस क्षेत्रमा पनि संचालन गरेकोमा खुशी ब्यक्त गरिन् ।
“यो प्रयोगशालबाट तनहुँको सबै स्थानीय तह,गोर्खा,लमजुङ र कास्कीका रुपा गाउँपालिकाका स्थानीयहरुले समेत सेवा लिन सक्नेछन् ।व्यास नगरपालिका तनहुँको जेठो नगरपालिका भएकोले यो नगरपालिकाको थप जिम्मेवारी पाएको छ र यस नगरपालिकाले अभिभावकको भूमिका निर्बाह गरेको छ ”उनले भनिन् ।
तेस्तै आबुखैरेनी गाउपलिकामा कोविड हेल्प डेस्क स्थपना गरेको समेत जानकारी दिए । संघिय सरकार,प्रदेश सरकार र स्थानीय सरकार फरक फरक भएता पनि समन्वयनकारी भूमिका खेल्ने साथै प्रदेश सरकारले निरन्तर सहयोग गर्ने ,समस्या समाधान गर्ने, स्वथ्यको भौतिक सुधार गर्नेमा आफु प्रतिबद्धता रहेको बतइन् ।
उक्त कार्यक्रमका सभापति व्यास नगरपालिकाक प्रमुख बैकुण्ठनाथ न्यौपानेले पिसिआर प्रयोगशाला स्थापना गर्न सबैको सहयोग र सहकार्यबाट संचालनमा आएको भन्दै सहयोगदाताप्रति आभार व्यक्त गरे।
प्रयोगशाला संचलनका लागि संघिय सरकारबाट ५० लाख , गण्डकी प्रदेश बाट २५ लाख, ब्यास जनप्रतिनिधिहरुले १३ लाख , कर्मचारीले ८ लाख, हेफर इन्टरनेशनले ४ लाख , तनहुँ समाज हङकङ् र तनहुँ अस्ट्रेलियाले २/२ लाख र कार्यक्रमस्थलमै तनहुँ उद्योग वाणिज्य संघ बाट ३ लाख १ हजार १ सय ५६ , दुम्सी दुध उपादक सहकारी सस्थाबाट २५ हजार प्राप्त भएको व्यास नगरपालिकाका प्रशासकीय अधिकृत दिल्लीराम सिग्देलले जानकारी दिए । उनका अनुसार प्रयोगशाला संचालनका लागि १ करोड ३२ लख १५ हजार २ साता ६८ खर्च भाएको र प्रयोगशालाका संचालनक लागि २५ लाख ८७ सात सयमा पिपिआर मेशिन , १० लाख २० हजार ३ सय ९० मा जेनेटर, ५७ लाखमा अन्य ल्यापटप /कम्प्यूटर र ५ लाखमा फर्निचर खरिद गरिएको छ भने २९ लाखमा भवन निर्माण गरिएको उनले बताए ।साथै यस प्रयोगशालामा २ जना विएमएलटि र ३ जना सिएमएलटिका स्वास्थ्यकर्मी नियुक्ति गरिएको पनि जानकारी दिए ।
कार्यक्रममा सविधानसभा सदस्य रामचन्द्र पोख्रेल ,गण्डकी प्रदेश सभा सदस्यहरु डोवाटे बि .क र सरिता गुरुङ , तनहुँ जिल्ला समन्वयन समितिका प्रमुख शान्तिरमण वाग्ले,उप-प्रमुख पवित्रा पौडेल , जिल्ला प्रमुख अधिकारी विश्वप्रकाश अर्याल ,व्यास नगर उप प्रमुख मिरा जोशी , प्रशासकिया अधिकृत डिल्लीराम सिग्देल, बिभिन्न दलका प्रतिनिधिहरु , नगरपालिका तथा गाउपालिकाका प्रमुखहरु , व्यास नगरका बोड सदस्यहरु, नगरका वडा अध्यक्षहरु , वडा न १० का स्थानीयहरू र वडा न १० अध्यक्ष तथा प्रयोगशाल व्याबस्थपन समितिका अध्यक्ष तुलसीराम सापकोटा तनहुँ उद्योग बाणिज्य संघका अध्यक्ष पबिन्द्र कुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
कुल एक करोड बत्तीस लाख पन्ध्र हजार दुई सय आरसठी रुपयाँ लागतमा निर्माण भएको उक्त आस्पातालमा तनहुँ,गोर्खा र लमजुङका जनताले प्रत्यक्ष लाभ लिन सक्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?