दमौली : पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-४ वेनीटारबाट लागुऔषध सहित एक युवा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भिमाद-९ बुचाखानीका २२ वर्षीय विवश गुरुङ रहेको प्रहरी नायब उपरिक्षक मोहनबहादुर खॉणले जानकारी दिए ।
अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिप तनहुँबाट खटिएको प्रहरी टोलीले वीरगञ्जबाट पोखरा तर्फ आउदै गरेको ग १ ख ९९४६ नम्बरको बस रोकी चेकजाँच गर्ने क्रममा बसमा सवार गुरुङलाई लागुऔषध सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
गुरुङको साथबाट नाइट्राभेट ६७५ ट्याब्लेट बरामद गरेको छ ।
उनी विरुद्ध मंगलबार तनहुँ अदालतबाट दश दिनको म्याद थप गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?