दुलेगौडाको चुइकुना होटल एण्ड रेष्टुरेण्टबाट लागुऔषध सहित तीन जना पक्राउ

दमाैली : तनहुँको  शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडा स्थित चुइकुना होटल एण्ड रेष्टुरेण्टबाट लागुऔषध सहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–३० बस्ने ४४ वर्षीय चन्द्रबहादुर गुरुङ, शुक्लागण्डकी नगरपालिका–२ कोत्रे बस्ने ३५ वर्षीय सुरज गुरुङ र दुलेगौडा बस्ने ३४ वर्षीय खिमनारायण श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यलय तनहुँका प्रहरी नायब उपरिक्षक मोहनबहादुर खॉणले जानकारी दिए ।

उक्त रेष्टुरेण्टमा लागुऔषध कारोवार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट ४३ थान डाइजेपाम, ४३ थान फेनरागन र र ४३ थान नुर्फिन बरामद गरेको छ ।

साथै उनीहरुको साथबाट नगद रु ११ हजार नौ बरामद गरिएको छ ।

पक्राउ परेका चार जनाविरुद्ध नै अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?