
दमौली : राष्ट्रिय स्वतन्त्र पार्टीका तनहुँ १ का उम्मेदवार डा. स्वर्णिम वाग्लेले वैशाख १० को उपनिर्वाचनमा बुथ क्याप्चर हुनसक्ने बताएका छन् ।
आइतवार दमौलीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै आफ्ना प्रतिस्पर्धीहरु रन्थनिसकेको टिप्पणी गरेका हुन् ।
उनले भने: तपाईंहरुले घण्टी चिन्हलाई दिनुभएको मत एउटा पनि दुरुपयोग नहोस्। तीनको हामीले संरक्षण गर्न सकौं । मतदान सकिएपछि मतदान केन्द्रसम्म ल्याएर मत नगनेसम्म जनताले नै त्यसको पहरेदारको भूमिका खेल्नुपर्छ ।’
“विगतमा पनि यस्तै किसिमका कार्यहरु भएकाले यस्तो कार्य नहुनका लागि पहरेदारी गर्नका लागि अनुरोध गर्दछु: उनले भने।’
वाग्लेले आफु निर्वाचित भएपछि तनहुँ-१ को पाँच वाटै पालिकामा सम्पर्क कार्यालय स्थापना गर्ने प्रतिवद्दता व्यक्त गरेका छन् । उनले भने ” तनहुँलाई कसरी गर्नुपर्छ भन्ने विकासको खाका निर्माण गरिसकेको छ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?