
दमौली : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले परिवर्तन जनताबाटै सुधार हुनुपर्ने बताएका छन् । उनले जनताले मतदानमा सुधार नगरेसम्म राजनीतिक दलहरु नसुध्रने टिप्पणी गरे ।
तनहुँको व्यास नगरपालिका-३ स्थित खुल्ला मैदानमा भएको बृहत चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले दल परिवर्तन नगरेपनि यसपालि मत परिवर्तन गर्न सुझाव दिए ।
“तपाई श्रदेय विपि कोईरालालाई देखेर कांग्र्रेस हुनुभएको हो भने श्रदेय पुष्पलाललाई देखेर कम्युनिष्ट हुनुभएको हो भने तपाईको जिम्मेवारी आफ्नो दललाई प्रतिपक्षमा राखेर सुधार्ने पनि हो ।” उनले भने :” यदि तपाईको दल सप्रियो भने झ्यांगियो भने ठुलो हुन्छ । ”
“तपाई कुनै पनि बेला आफ्नो दलमा जान सक्नुहुन्छ । आफ्नै दललाई जिन्दवाद भन्न सक्नुहुन्छ । तपाईले प्रतिपक्षमा राख्दाराख्दै पनि तपाईको दल सप्रिएन भने हामी नयाँ दल विकल्पका रुपमा आएका छौं । पाँच बर्षपछि सोच्नुहोला अहिले सोच्न पर्दैन्”, यसपालिको निर्वाचनमा मत परिवर्तन गर्न आग्रह गर्दै उनले भने ।
उनले भने, ‘अहिले पनि सामाजिक सञ्जालमा कतिपय मानिसहरुले हाम्रा समर्थकहरुले गालि गरेको कुरालाई हामीलाई कटाक्ष गरेको कुरालाई मैले हेरे । हाम्रा समर्थकहरुले कसैलाई गालीगलोज गर्नुभएको रहेछ । त्यसको भार पनि हाम्रो टाउकोमा हालिएको छ । म क्षमा चाहन्छु हाम्रो कार्यकर्ता छैनन् र हुनेवाला पनि छैनन् । यो पार्टी कार्यकर्ता रहित पार्टी हो। केही सदस्य छन् सँगसँगै हिँड्छन् ।’
उनले रास्वपालाई माया गर्नेहरुलाई कसैलाई गालीगलोज नगर्ने आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?