प्युरीदोभानमा जीप दुर्घटना, चालकको मृत्यु, ७ जना घाईते

दमौली : तनहुँको शुक्लागण्डकी नगरपालिका-१२, प्युरीदोभानस्थित अर्बतीमा जीप दुर्घट्ना हुदाँ चालकको मृत्यु भएको छ भने ७ जना यात्रु घाइते भएका छन् ।

दुलेगौँडा बजारबाट प्युरीदोभान जाँदै गरेको ग १ ज ७९४२ नं .को जीप आफै अनियन्त्रित भई सडकबाट १०८ फिट तल खस्दा चालक स्याङजा पुतलीबजार नगरपालिका–६ का ३९ बर्षिय कुलबहादुर सुनारको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यलय तनहुँका अनुसार दुर्घट्नामा परी शुक्लागण्डकी १० की २१ बर्षिया मोतिकला भुजेल, शुक्लागण्डकी–१२ का ३५ बर्षिया  वविता भुजेल, सोही ठाँउ बस्ने वर्ष ३१ की कल्पना भुजेल, ८ बर्षका आरम्भ भुजेल, ९ बर्षिया रूशिका थापा, ३० बर्षिया तिल कुमारी थापा,  २७ बर्षिया हेमकुमारी भुजेल रहेकी छिन् ।

मोतिकलाको जी.पी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतरामा उपचार भइरहेको छ भने अन्य ६ जनालाई गण्डकी मेडिकल कलेज पोखरा पठाईएको प्रहरीले जनाको छ ।

उक्त घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?