डा.स्वणिमले भने :हामी संस्कारयुक्त राजनीति गरिरहेका छौ

दमौली : राष्ट्रिय स्वतन्त्र पार्टीका तनहुँ १ का उम्मेदवार डा. स्वर्णिम वाग्लेले आफुहरुले संस्कारयुक्त राजनीति गरिरहेका बताएका छन्

मंगलवार ब्रह्मकुमारी राजयोग सेवा केन्द्र दमौलीमा सतसङमा सहभागी हुँदै वाग्लेले आफुहरु अरु भन्दा फरक भएर संस्कारयुक्त राजनीति गरिरहेका बताएका हुन् ।

“तनहुँका लागि केही राम्रो गरौं भन्ने लोभ म मा छ,” उनले भने, “बढीमा तीन कार्यकाल जनतामाझ परिचित हुन चाहन्छु ।”

डा.वाग्लेले अहिले सबैको सहानुभूति रास्वपामा देखिएको भन्दै नयाँ शिराबाट राजनीति सङ्ल्याउने अभियानमा आफूहरु रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?