दमौली : नेपाली कांग्रेस गण्डकी प्रदेश कार्य समितिको सदस्य डा. शेषरमण न्यौपानेले तनहुँका क्षेत्र १ का आम मतदातालाई अलमलमा नपरि स्वर्णिमलाई जिताउन आग्रह गरेका छन् ।
बुधवार उनले एक प्रेस विज्ञाप्ति जारी गर्दै स्वर्णिमलाई जिताएर यस एतिहासिक अवसरलाई सूवर्ण अवसरमा समेत बदल्ने मौका आएको बताएका हुन् ।
उनले भने ” उच्च शिक्षा र राष्ट्रिय, अन्तराष्ट्रिय स्तरको अनुभव हासिल गरेर राजनीतिमा प्रवेश चाहनेहरु मध्येका सशक्त युवा हुन् डा. स्वर्णिम वाग्ले । जसले राजनीति सुद्धिकरणबाट मात्रै नेपाललाई समृद्ध बनाउन सकिन्छ भन्ने स्पष्ट दृष्टिकोण राखेका छन् । देशमा सुशासनको अभियानमा मैदानमा उत्रिएका रवि लामिछाने जस्ता युवाहरुको काधमा काध मिलाएका छन् ।”
उनले भनेका छन् :
तनहुँ क्षेत्र नम्वर १ का मतदातामा अपिल
उच्च शिक्षा र राष्ट्रिय, अन्तराष्ट्रिय स्तरको अनुभव हासिल गरेर राजनीतिमा प्रवेश चाहनेहरु मध्येका सशक्त युवा हुन् डा. स्वर्णिम वाग्ले । जसले राजनीति सुद्धिकरणबाट मात्रै नेपाललाई समृद्ध बनाउन सकिन्छ भन्ने स्पष्ट दृष्टिकोण राखेका छन् । देशमा सुशासनको अभियानमा मैदानमा उत्रिएका रवि लामिछाने जस्ता युवाहरुको काधमा काध मिलाएका छन् ।
तनहुँका क्षेत्र १ का आम मतदातालाई अलमलमा नपरि स्वर्णिमलाई जिताएर यस एतिहासिक अवसरलाई सूवर्ण अवसरमा समेत बदल्ने मौका आएको छ । यस अवसरलाई कत्ति पनि खेर जान दिन हुन्न भन्नेमा म स्पष्ट छु, मलाई लाग्छ हजुर पनि ।
रह्यो मेरो व्यक्तिगत विषय, २०४८ साल देखिको मेरो नेपाली कांग्रेसको क्रियाशिलता आजबाट सकिनेछ साथै गण्डकी प्रदेश कार्य समितिको सदस्यको जिम्मेवारी पनि । र नयाँ सार्वजनिक जीवनको सुरुवात हुनेछ । यस कदम कुसै प्रति पूर्वाग्रह वा केहि आकांक्षा पूरा गर्ने उद्देश्यले नभै युवा बर्गमा देखिएको नैराश्यतालाई आशामा बदल्न एक ईटा थप्ने अभिप्रायले हो ।
अहिलेलाई यति नै, अरु थप विस्तारमा ।
डा. शेषरमण न्यौपाने
दमौली, तनहुँ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?