नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बन्दीपुर गाउँ कार्य समिति सभापतिमा कर्णबहादुर खत्री निर्वाचित भएका छन् ।
शनिबार भएको अधिवेशनमा ६७ मत प्राप्त गरी खत्री सभापतिमा निर्वाचित भएका हुन् ।प्रत्यासी बैस गुरुङले ४५ मत प्राप्त गरेका थिए ।एक मत भने बदर भएको थियो ।
यसैगरी उप सभापतिमा ७२ मतका साथ कृष्णराज अधिकारी र ९३ मतका साथ गणेशबहादुर गुरुङ निर्वाचित भएका छन् ।अर्का उम्मेदवार घनश्याम उपाध्यायले ४५ मत प्राप्त गरेका थिए ।
निर्वाचन समितिका अनुसार सचिव पदमा सर्वसम्मत भएको छ । सचिवमा कर्णबहादुर गुरुङ र सुनिल श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । सहसचिवमा चन्द्रबहादुर कार्की र रामचन्द्र भण्डारी निर्विरोध निर्वाचित भएका छन् ।
अन्य सदस्य पदहरुमा पनि निर्विरोध निर्वाचित भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?