
दमौली : नेकपा एमालेका केन्द्रीय सचिव योगेश भट्टराईले तनहुँ जिल्लाको विकासका लागि अब यहाँ जनताले काँध फेर्नुपर्ने बताएका छन् ।
विहिवार प्रेस चौतारी तनहुँले आयोजनाको गरेको पत्रकार भेटघाट कार्यक्रम गर्दै उनले तनहुँ जिल्लाको समग्र विकासको लागि काँध फेर्नु पर्नेमा जोडिएका हुन ।
तनहुँको आर्थिक ,सामाजिक, सांस्कृतिक विकासको लागि अब तनहुँ जिल्लाले काँध फेर्नु पर्ने बताएका छन् । ” ६ पटक सम्म नेपाली कांग्रेसलाई जिताएर यहाँका जनताले के पाइयो ” उनले भने ” अब जिल्लाको समग्र विकासका लागि मत परिवर्तन गर्नु पर्छ। ”
उनले एमाले इतिहास र वर्तमानको विश्लेषण गरेर मत दिन तनहुँ -१ मतदातालाई आग्रह गरेका छन् । तनहुँ -१ मा घन्टीले नजित्ने तर मंसिर ४ को मत भन्दा केहि बढी आउनेमा विश्वास रहेको बताए ।
त्यस्तै सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका गोबिन्द भट्टराई, रास्वपाका तर्फबाट डा. स्वर्णिम वाग्ले र नेकपा एमालेका सर्वेन्द्र खनाल सहित ९ जनाको उम्मेदवार छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?