नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत म्याग्दे गाउँ कार्य समिति सभापतिमा रामभक्त घिमिरे विजयी भएका छन् ।
शनिबार भएको अधिवेशनमा घिमिरेले १ सय ९ मत प्राप्त गर्दा प्रतिस्पर्धी विनोद खनालले ३९ मत प्राप्त गरेका थिए ।यसैगरी उप सभापतिमा चिनीमाया थापा १ सय ३१ र पुष्पराज खनाल १ सय १० मत प्राप्त गरी विजयी भएका छन् ।अर्का उम्मेदवार होमबहादुर नेपालीले ३७ मत प्राप्त गरे ।
गाउँ समितिको सचिवमा गौरवराज राना १ सय १९ र सुन्दरमणि अधिकारी ९२ मत प्राप्त गरी विजयी भएका छन् ।प्रत्यासी प्रत्यासी दिपककुमार श्रेष्ठले ४९ र श्रीराम घिमिरेले २१ मत प्राप्त गरेका छन् ।
सहसचिवमा श्रीभद्र आचार्य १ सय ५ र सुरज थापा १ सय १४ मत प्राप्त गरी विजयी भएका छन् । सहसचिवका प्रत्यासी विकासराज खनालले ३६ र सङ्गम कायस्थले २३ मत प्राप्त गरेका छन् । अन्य सदस्य पदहरुमा भने निर्विरोध निर्वाचित भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?