दमौली : तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान सकिएपछि मतपेटिका ल्याउने क्रम सुरु भएको छ ।
तनहुँ – १ का ५ वटै पालिकाका मतदान केन्द्रमा मतदान सकिएपछि निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका ल्याउन सुरु भएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइपु¥याइएको मतपेटिका सुरक्षित रुपमा राखिने जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए।
प्रमुख ढकालका अनुसार व्यास नगरपालिका-१ जलदेवी मावि, व्यास नगरपालिका–२ सत्यवती मावि, व्यास नगरपालिका–३ महर्षि संस्कृत मावि , व्यास नगरपालिका–४ मदर्सा प्रावि, व्यास नगरपालिका -१३ ज्ञानगंगा मावि मतदान केन्द्रबाट मतपेटिका आइपुगेको एक सय ५२ वटै मतदान केन्द्रबाट मतपेटिका आउने क्रम जारी रहेको उनले बताए।
तनहुँ क्षेत्र नम्बर १ मा एक लाख २३ हजार तीन सय पाँच मतदाता रहेकामा ६३ हजार सात सय ५७ मत खसेको छ । कूल मतदाताको ५१.७ प्रतिशत हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?