दमौली : तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनको प्रारम्भिक नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उमेदवार स्वर्णिम वाग्लेले अग्रता कायम नै राखेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार चार हजार ६०८ मतगणना हुँदा वाग्लेले दुई हजार ७६७ मत पाएका छन् ।
सत्ता गठबन्धनकोतर्फबाट नेपाली कांग्रेसका उमेदवार गोविन्द भट्टराईले एक हजार २८५ मत पाएका छन् ।
तीन वडाको मतगणना सकिदा वाग्ले भट्राईभन्दा १ हजार ४८२ मतले अघि छन् ।
यस्तै, नेकपा (एमाले)का उमेदवार सर्वेन्द्र खनालले ८२० मत प्राप्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?