भानुमा कांग्रेस अधिवेशन सम्पन :सभापतिमा श्रेष्ठ विजयी

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भानुको नगर कार्य समितिको सभापतिमा रामकुमार श्रेष्ठ विजयी भएका छन् ।

शनिबार भएको अधिवेशनमा रामकुमार श्रेष्ठले १ सय ३९ मत ल्याउँदा नबिन राज दाहालले १ सय २५ मत प्राप्त गरेका छन् ।उपसभापतिमा लक्ष्मी श्री राजभण्डारी १ सय ८० र राजन श्रेष्ठ १ सय ५३ मत प्राप्त गरी विजयी भएका छन् । प्रतिस्पर्धी उर्मिला पन्तले १ सय ४१ र राम बहादुर घर्तीले ७२ मत प्राप्त गरेका छन् ।

यसैगरी सचिवमा सित राम बानियाँले १ सय ३६ तथा दीपेन्द्र अधिकारीले १ सय २६ मतका साथ विजयी भएका छन् । प्रतिस्पर्धी सुजन थपलियाले १ सय १७ र  कृष्ण घिमिरेले ९८  मत प्राप्त गरेका छन् ।

नगर समितिको सहसचिवमा सुदिप केसीले १ सय ५७ र नवीन रानाभाटले १ सय २६ मत प्राप्त गरी विजयी भएका छन् । प्रत्यासी घनश्याम सापकाटोले ९४ र रमेश लौडारीले ८१ मत प्राप्त गरेका छन् ।

अन्य सदस्य पदहरुमा भने  सर्व सम्मत भएको छ ।

कूल दुई सय ७५ मतदाता रहेकामा दुई सय ७१ मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?