उपेन्द्र यादवको अग्रता कायमै, कसको कति ?

बारा : बारा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी (जसपा) का उमेदवार उपेन्द्र यादवले अग्रता कायमै राखेका छन् ।

मतगणनाको पछिल्लो अपडेटअनुसार यादवले २३ हजार २७५ मत प्राप्त गरेका छन् ।

यादवका निकटम प्रतिष्पर्धी जनमत पार्टीका उमेदवार शिवचन्द्र कुशवाहले २० हजार ४२२ मत पाएका छन् ।

उनीहरूबीचको मतान्तर दुई हजार ८५३ रहेको छ ।

एमालेका उमेदवार पुरुषोत्तम न्यौपानले ६ हजार ९४१ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)का उमेदवार रमेश खरेलले २ हजार ६८९ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?