कांग्रेस महाधिवेशनः व्यास नगर सभापतिमा सूर्यचन्द्र हड्खले विजयी

नेपाली कांग्रेस व्यास नगरपालिकाको सभापतिमा सूर्यचन्द्र हड्खले निर्वाचित भएका छन् ।

शनिबार राति सार्वजनिक मतपरिणाम अनुसार २ सय ८२ मत प्राप्त गर्दै हड्खले अध्यक्षमा निर्वाचित भएका हुन् । उनको प्रतिद्धन्द्धी डम्बर बहादुर अधिकारीले १ सय ४१ प्राप्त गरे । नयाँ नेतृत्वका लागि आज अपरान्ह भएको  कुल ४ सय ४३ मतदाता मध्ये ४ सय ३२ ले मतदान खसेको अधिकृत भरत काफ्लेले जानकारी दिए ।

यस्तै उपसभापतिमा शोभा बढु अधिकारी र क्या. सूर्ज बहादुर मल्ल निर्वाचित भएका छन् । मतपरिणाम अनुसार अधिकारीले ३ सय ३० र मल्लले २ सय ९४ मत प्राप्त गरी विजयी भएका छन् । प्रतिस्पर्धी सुजन वाग्लेले ९० र  सुरेन्द्र पौडेल ८८  मत प्राप्त गरेका छन् ।

त्यस्तै सचिवमा सुरेश पुरी र खेमराज पोखरेल निर्वाचित भएका छन् । सचिवमा सुरेश पुरीले  २ सय ८९ र खेमराज पोखरेलले २ सय ८१ मत प्राप्त गरी विजयी भएका छन् । प्रत्यासी सरोज भण्डारीले २ सय १ र सुनिल रिजालले ४३ मत प्राप्त गरेका छन् ।

सहसचिव पदमा भने किशोरराज खनाल र मनबहादुर रुचाल निर्विरोध निर्वाचित भएका थिए । त्यसैगरी अन्य सदस्य पदहरुमा  सर्व सम्मत भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?