
पोखरा महानगरपालिका भित्र कुकर पाल्ने व्यक्तिले अव दर्ता गर्नुपर्ने भएको छ।
महानगरमा कुकुर पाले अनि छाडा छाड्ने तथा सार्वजनिक ठाउँमा दिसा पिसाब गराउने गुनासो बढेसंगै दर्ता प्रक्रिया शुरु गराइएको पशु महाशाखा बताएका छन्।
हाल पशु महाशाखा सँगको सहकार्यमा पोखरा महानगरको वडा नम्बर ८ बाट दर्ता प्रक्रिया अघि बढाइएको र लगत्तै महानगरका सम्पूर्ण वडामा सो कार्य शुरु गर्ने जनाएको छ।
स्रोतकका अनुसार कुकर दर्ताको लागि धनीले प्रति कुकुरको एक सय रुपैयाँ बुझाउनुपर्ने भएको छ। सय रुपैयाँ तिरेर दर्ता गरेपछि रेबिज विरुद्धको खोप र रु २०० पर्ने बेल्ट नि: शुल्क प्रदान गरिने भएको छ ।
‘कुकुर पाल्नेहरुले छाडा छाड्दा सडक दुर्घटना मात्र नभई अन्य समस्या भएका छन् त्यसमाथि सार्वजनिक ठाउँमै दिसा पिसाब गराउँदै हिँड्दा वातावरणमा नराम्रो असर पर्ने भन्दै समस्याको निराकरण गर्न कुकर धनीलाई समाजप्रति उत्तरदायी बनाउन यो अभियान शुरु गरेका समेत बताएका छन् ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?