दमाैली : जिल्ला प्रहरी कार्यालय तनहुँले मोवाइल चोरी गर्ने तीन जनालाई पक्राउ गरेको छ ।
उनीहरुलाई बिहीबार भोर्लेटारचोकबाट पक्राउ गरिएको प्रहरी नायब उपरिक्षका मोहनबहादुर खाँणले जानकारी दिए।
पक्राउ पर्नेमा व्यास नगरपालिका–४ स्थित सैलेन्द्र पण्डितको डेराकोठाबाट गत वैशाख ५ गते मोवाइल तथा नगद चोरी गरी फरार भएका व्यास–५ साँगेका २२ वर्षीय सुनिल थापा रहेको छ।
यस्तै व्यास–२ जनजागृतीमार्गस्थित लक्ष्मी श्रेष्ठको घरकोठाबाट दुई थान मोवाइल चोरी गरी फरार रहेका व्यास–४ बागबजार बस्ने २२ वर्षीय ताइरे भन्ने सौरव दरै र म्याग्दे गाउँपालिका–१ गुणादी बस्ने १९ वर्षीय शैलेस परियार पक्राउ परेका छन् ।
पक्राउ परेकाहरुलाई अदालतबाट एक साताको म्याद थप गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?