दमौली : तनहुँको ऋषिङ गाउँपालिकामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ऋषिङ गाउँपालिका-७ बाजगरा बस्ने बर्ष ५३ को कृष्ण कुमार थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिए ।
दमौली बजार आएर आँखा सम्बन्धि उपचार गरेर बेलुकी घर फर्कदै गरेका थापा शनिवार राति साढे १० बजेको समयमा घरदेखी नजिकै रहेको चण्डि भयर सामुदायिक बनको गोरेटो बाटोदेखी सय मिटर तल पल्टिई भिरमा रहेको झङ्कलेको रुखमा अड्किएको अवस्थामा फेला परेको प्रहरी नायव उपरीक्षक खाँणले बताए ।
शवलाई आइतवार अनुसन्धान टोली,गण्डकी प्रदेश प्रहरी गण पोखराबाट खटिएको बिपद् उद्दार समेतको संयुक्त टोली र स्थानिय मानिसहरुको सहयोगमा भिरदेखी अं.२०० मिटर तल समथर भुभागमा निकाली पोष्टमार्टकमको लागि दमौली अस्पतालको शव गृहमा राखिएको ल्याइएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जनाएको छ ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?