एभरेष्ट प्रिमियर लिग (इपिएल) को चौथो संस्करण अन्तर्गत सोमबार हुने भनिएको काठमाडौं किंग्स इलेभेन र विराटनगर वारियर्सबीचको खेल मैदान भिजेको कारण स्थगित भएको छ।
आइतबार वर्षाको कारण आउटफिल्ड भिजेको कारण खेल सुरुहुन ढिलो भएको थियो । सोमबार बिहान टियु मैदानमा बिहानै देखि घाम लागेपनि आइतबार भारी वर्षाको कारण खेल प्रभावित हुन पुगेको हो ।
निर्धारित समय भन्दा २ घण्टासम्म पनि सुरु हुन नसकेपछि अम्पायरले खेल स्थगित गरेका छन् । विहान ९:३० मा सुरु हुनुपर्ने खेलको अन्तिम निरीक्षण स्वरूप ११:४० मा पनि तयार नहुँदा खेल सरेको हो । सामान्यतया खेल सम्भव नहुँदा अंक बाँड्ने भएपनि निर्णय भने आएको छैन ।
आज हुने दोस्रो खेलमा भैरहवा ग्ल्याडीयटर्स र चितवन टाइगर्स बीच भिड्दैछन् ।उक्त खेलका लागि भने मैदान तयार हुने उच्चा सम्भावना रहेको छ ।खेल केहि बेरमा सुरु हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?