कांग्रेस महाधिवेशनः ऋषिङको सभापतिमा तिल बहादुर थापा निर्वाचित

नेपाली कांग्रेस रिसिंङ गाउँपालिकाको सभापतिमा तिल बहादुर थापा निर्वाचित भएका छन् ।

सोमबार साँझा सार्वजनिक मतपरिणाम अनुसार ९४ मत प्राप्त गर्दै थापा अध्यक्षमा निर्वाचित भएका हुन् । उनको प्रतिद्धन्द्धीहरु भोजराज रानाभाटले ३८ र दान बहादुर श्रेष्ठले १२ मत प्राप्त गरे ।

नयाँ नेतृत्वका लागि आज दिउसो भएको कुल १६८ मतदाता मध्ये १५९ ले मतदान खसेको अधिकृत बिष्णु प्रसाद बरालले जानकारी दिए ।

त्यस्तै सचिवमा विजय दरै र सुरज कुमार श्रेष्ठ निर्वाचित भएका छन् । सचिवमा विजय दरैले १ सय ११ र सुरज कुमार श्रेष्ठ ले ७९ मत प्राप्त गरी विजयी भएका छन् । प्रत्यासी सुभासुन प्रयास रानाले ५२ र लाल बहादुर आलेले २५ मत प्राप्त गरेका छन् ।

यस्तै उपसभापतिमा पदमा भक्त बहादुर आले र श्री बहादुर आले त्यसैगरी सह सचिवमा पान कुमारी खाण र भीम बहादुर थापा र अन्य सदस्य पदहरुमायसअघि नै सर्वसम्मत भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?