पृथ्वी राजमार्गमा यातायात एकतर्फी खुलाइयो

धादिङ :  धादिङमा पुल भासिँदा प्रभावित भएको सवारी आवागमन एकतर्फी खुलाइएको छ । पृथ्वी राजमार्गस्थित धादिङको धुनिबेँसी नगरपालिका र थाक्रे गाउँपालिका जोड्ने गणेशखोलामाथिको मोटरेबल पुल भासिएको हो ।

त्यहाँ ग्याभिन जाली भरेर केही बेरअघिदेखि सवारीको आवतजावत एकतर्फी खुलाइएको प्रहरीले जनाएको छ ।

भासिएको पुलमा नेपाली सेना, नेपाल प्रहरी, स्थानीय तथा यात्रुको सहयोगमा ग्याभिन जाली भरिएको हो ।

सोमबार दिउँसोको वर्षासँगै धुनिबेँसी–६, धार्केतर्फ पुलको एउटा भाग भासिएको थियो । त्यतिपछि सडक एकतर्फी रूपमा सञ्चालन गरिएको थियो । पुलमा पूर्ण क्षति पुगेपछि सोमबारै अपराह्न ४ बजेदेखि दुईतर्फी नै सवारीसाधन रोकिएको थियो ।

पुल भासिँदा सडकमा सवारीको लामो लाइन लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?