दमौली : सडक सुशासन कायम गर्दै सवारी दुर्घटना न्यूनीकरण गर्न तनहुँमा साताव्यापी कार्यक्रम सोमवारबाट सुरु भएको छ ।
सोमवार समुद्घाटन कार्यक्रम गरि जिल्लाामा ट्राफिक सप्ताह सुरु गरिएको हो ।
सोमवार देखि सुरु भएको ट्राफिक सप्ताहमा सडक सुशासन र दुर्घटना न्यूनीकरण सम्वन्धि कार्यक्रम गर्न लागिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
ट्राफिक सप्ताह कार्यक्रम अवधिभर तनहुँ जिल्ला भरिनै सवारी चालक तथा सह-चालकलाई जनचेतना अभिवृद्धि गराउने उद्देश्यले विभिन्न ट्राफिक सचेतनामूलक पर्चा पम्प्लेट वितरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन हुनेछ ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?