नेपाल बार एशोसिएसन तनहुँको अध्यक्षमा डम्बरदेव निर्वाचित

दमाैली : नेपाल बार एशोसिएसन तनहुँ जिल्ला अदालत बार इकाईको अध्यक्षमा  डम्बरदेव हड्खले निर्वाचित भएका छन् ।

शुक्रबार दमौलीमा सम्पन्न भएको वार्षिक साधारणसभा तथा २० औं अधिवेशनबाट हड्खले सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् ।

अधिवेशनबाट उपाध्यक्षमा शिवशरण वाग्ले, सचिवमा हरिमान श्रेष्ठ, सहसचिवमा विष्णुभक्त सिग्देल, कोषाध्यक्षमा रविन्द्र बराकोटी निर्वाचित भएका छन् ।

सदस्यहरुमा भानुभक्त सुवेदी, त्रिभुवन श्रेष्ठ, चेतनारायण पौडेल, माधव घिमिरे, विष्णु हड्खले, विमल गिरी, शिव रेग्मी र विष्णु पोख्रेल निर्वाचित भएका छन् ।

केन्द्रीय पार्षद्मा शिवदत्त ढकाल, केशव भट्टराई, सरिता थापा भण्डारी र मानवअधिकार जनसरोकार संयोजकमा हरिशचन्द अर्याल चयन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?