नेपाली काँग्रेस तनहुँका पूर्व सभापति रघुनाथ पौडेलले कांग्रेसको १४औं महाधिवेशनमा गण्डकी प्रदेश सभापतिमा उम्मेद्वारी दिने भएका छन । लगातार २ कार्यकाल जिल्ला सभापति पदमा कार्य समपन्न पश्चात तेस्रो कार्यकालको लागि सर्बसम्मत रुपमा निर्बाचित भई कार्य सम्पादन गरेको अनुभव साथै सर्वदलीय संयन्त्र मार्फत पार्टीको गतिविधिलाई नजिक रहेर विकास निर्माणका काममा सक्रिय रहेको अनुभवले सभापति पदका लागि योग्य भन्दै उम्मेद्वारी दिने तयारीमा लागेको पौडेलले जानकारी दिए ।
पौडेलले आफु प्रदेश सभापतिको लागि योग्य रहेको र कार्यकर्ताको चाहान अनुसार नै मैले उम्मेदवारी दिन लागेको हुँ उनले दमौली अनलाईन सँग भने। बिगतमा पनि पार्टी जिल्ला सभापति भएको समयमा पनि आफुले तीन पटकसम्म चुनाव जितेको पौडेलले प्रदेशमा पनि जितको बलियो आधारहरु खडा गरेकोले विजय प्राप्त हुने विश्वस्त रहेको बताए । उनले २०५३ सालमा पहिलो पटक जिल्ला सभापति पदका लागि निर्बाचित भएपछी नेपाली कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद प्रसाद कोइरालाको आव्हानमा नेपाली कांग्रेसको कार्यालय प्रयोजनको लागि ब्यास नगरपालिकाको वडा नं ३ मा भवन खरिद गरिएको थियो . पुरानो मोडेलको भवनमा हालको वी.पी स्मृति भवन बनाईएको छ . तनहुँका तत्कालिन समयमा ४७ वटै गाविसमा गाउँ कार्यासमित गठन गरि सो समिति मार्फत पार्टी संगठन विस्तार गरि कार्यसमितिका पदाधिकारीहरुलाई प्रशिक्षण दिई समीति मार्फत विकास निर्माणका गतिविधिलाई अघि बढाइएको थियो।
सर्वसम्मत हुन नसकेको खण्डमा चुनावी प्रतिस्पर्धाबाटै भएपनि प्रदेश सभापति बन्ने दौडमा रहेका पौडेल अहिले केन्द्र, प्रदेश र जिल्ला स्तरका नेता तथा कार्यकर्ताहरुसँग भेटघाटमै ब्यस्त रहेको देखिन्छ। नेता तथा कार्यकर्ताहरु सँग भएको भेटघटको क्रममा आफ्नो उम्मेदवारी बारे सकारात्मक प्रतिक्रिया पाएकाले आझ उत्साह मिलेको बताए ।पार्टीमा भएको गुटबन्दीमुक्त र भ्रष्टाचारमुक्त नेतृत्व अहिलेको आवश्यकता रहेको कारणले यो महाधिवेशनबाट सोही अनुसारको नेतृत्व आइदियोस भन्ने आफ्नो चाहना रहेको पौडेलले प्रस्ट पारे ।
प्रतिवद्धताहरु
*महाधिवेशनबाट गठन हुने समितिलाई विधानसम्मत रुपमा परिचालन गर्ने
*तदर्थवादमा चलेको पार्टीको संगठनलाई विधानसम्मत ढंगले चलाउन गठन गर्नुपर्ने पार्टीको विविध विभागहरुको गठन यथाशिघ्रा गठन गर्ने
* भातृ संगठनका पदाधिकारी एव कार्यकर्तालाई पार्टीको इतिहास , नीति , सिद्धन्त तथा पार्टी सरकारमा हुदाँ सम्पन्न गरेको कार्यहरुको प्रचार प्रसार गर्न सक्ने कार्यकर्ता एवम् प्रशिक्षक तयार पर्ने
*विपक्षी दलका कार्यकर्तासँग अफ्नो कार्यकर्तालाई सैद्दान्तिक बहस गर्ने सक्ने बनाउने पार्टी सरकारमा हुदाँ गरिएका राम्रा कामहरुको तथ्याक तयार परि सार्बजनिक गर्ने *विपक्षी दलका नेता तथा कार्यकर्ताबाट गरिएका भ्रस्टाचारको भण्डाफोर गर्न सक्ने कार्यकर्ता बनाउने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?