
व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठनाथ न्यौपानेले अहिलेको वर्तमान समयमा सामाजिक पद्दति सूचना प्रबिधि उन्मुक भएकाले क्यान जस्ता व्यावसाय संगठनले ब्यबसाय मात्र नभएर सामाजिक कार्यमा पनि अगाडी आउनु पर्नेमा जोड दिएका छन् । शनिवार कम्प्युटर एसोसियसन नेपाल महासंघ, तनहुँको नवौं वार्षिक साधारसभामलाई सम्बोधन गर्दै सूचना प्रविधिको बढ्दो प्रयोगले क्यानलाई अवसर र चुनौतिहरु पनि रहेकाले आफ्नो भूमिका चाहिँ बिर्सिन नहुने उनले बताए । क्यानमा युवाहरुको सक्रियता र सामाजिक क्षेत्रमा पनि त्यतिकै भूमिका खेल्दै आएकोमा खुशी व्यक्त गरे । व्यावसायी मात्रसंगै मर्यादा र जिम्मेवारीको साथ अगाडी बढन पर्ने यसमा स्थानीय निकायको सहयोग पूर्ण रुप रहने कुरा समेत राखे ।
त्यसैगरी क्यानका केन्द्रीय सदस्य कृष्ण पौडेल कुमार स्थापंकलमा उपत्यका केन्द्रित भए वर्तमान समयमा आएर क्यानलाई बाहिर जिल्लामा विस्तार गर्न पाउदा खुशी रहेको र केन्द्रले जिल्लाका लागि गर्नु पर्ने सबै समन्वयकारी भूमिका सदैब निर्वाह गर्ने समेत कृष्णले व्यक्त गरे । साथै क्यानका गण्डकी प्रदेश अध्यक्ष तुलसीराम पाण्डे र आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हड्खलेले पनि क्यान तनहुँले निर्वाह भूमिका प्रशंसा गर्न योग्य रहेको बताए ।
कम्प्युटर एसोसियसन नेपाल महासंघ, तनहुँ जिल्लाका अध्यक्ष टिकाराम पनेरुको सभ्पतित्वामा भएको उक्त कार्यक्रममा क्यानका केन्द्रीय सदस्य कृष्ण पौडेक कुमार , क्यानका गण्डकी प्रदेश अध्यक्ष तुलसीराम पाण्डे , आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हड्खले , क्यानका निबर्तामन अध्यक्ष इन्द्र बहादुर थापा , आदिकवि भानुभक्त क्याम्पसका सूचना प्रबिधि विभागका प्रमुख सुलभ कुमार श्रेष्ठ , क्यानका उपाध्यक्ष बिश्व प्रकाश भुषाल लगायत जिल्ला कार्यसमितिका सदस्यहरु उपस्थित रहेको थियो । त्यसै सचिव लाल बहादुर थापा र कोषध्यक्ष शुशील कुमार श्रेष्ठले आ-आफ्नो प्रदिवेदन प्रस्तुत गरेको थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?