पोखरीभञ्ज्याङमा इनार सफा गर्ने क्रममा आलेको मृत्यु

दमौली : तनहुँको व्यास नगरपालिका–१३ पोखरीभञ्ज्याङ स्थित सुमन सचिन पोल्ट्री फार्ममा रहेको इनार सफा गर्ने क्रममा एकजनाको मृत्यु भएको छ ।

इनार सफा गर्ने क्रममा अक्सिजनको मात्रा नपुगेर ऋषिङ्ग गाउँपालिका–७ निवासी २८ बर्षीय बिपीन भन्ने छत्र बहादुर आलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए ।

घट्ना भएको जानकारी प्राप्त हुने बित्तिकै दमौली चापाघाट स्थित कालीभञ्जन गणका नेपाली सेना र नेपाल प्रहरीको टोली घट्नास्थल पुगेको थियो ।

नेपाली सेनाको रेस्क्यू टोलीले युवकको उद्वारको लागि इनारभित्र पस्न लाग्दा अक्सिजनको मात्रा कमी भएर निस्सासिए पछि बैकल्पीक तरिकाबाट युवकको उद्वार गरिएको प्रहरी निरीक्षक विकले बताए ।

उद्वार टोलीले शनिबार राती करिब दुई घण्टा अवधि लगाएर राति ११ बजेको समयमा युवकको उद्वार गरी दमौली अस्पतालमा पुराएको प्रहरीले जनाएको छ ।

युवकको उद्वार गरी दमौली अस्पतालमा पुराएपछि चिकित्सकले मृत घोषणा गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?