दमौली : पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-४ वेनीटारबाट लागुऔषध सहित तीन जना पक्राउ परेको छ ।
पक्राउ पर्नेमा रौतहट इशनाथ नगरपालिका-३ का २० वर्षीय अरुण पटेल, चितवनको इच्छाकामना गाउँपालिका-६ पॉचकिलोकी ५० वर्षीया पुनम गुरुङ र ऑबुखैरेनी गाउँपालिका-४ आमवेशीडॉडा बस्ने ४२ वर्षीया माया गुरुङ छन् ।
चितवनबाट पोखरा तर्फ आउदै गरेको ग २ ख ९१७ न.को बस रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार त्न जनालाई लागुऔषध सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए ।
प्रहरीले पटेलको साथबाट डाईजेपाम १९८ एम्पुल,नोरफिन १९८ एम्पुल,फेनारागन १९८ एम्पुल गरी जम्मा ५९४ एम्पुल बरामद गरेको छ।
त्यस्तै, माया गुरुङको साथबाट गाडीको डिक्कीमा राखेको दुई वटा लगेज ब्याग र एक जेब्रा झोलामा २४ किलो गॉजा बरामद गरिएको प्रहरी निरीक्षक विकले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?