नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले समवृद्धि र उन्नतिको जग भनेकै नेपाली काँग्रेस रहेको बताए । काङ्ग्रेस व्यास नगर समितिले आइतबार आयोजना गरेको बधाई तथा शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेस बलियो भयो भने लोकतन्त्र बलियो हुन्छ र लोकतन्त्र बलियो भने देश बलियो हुन्छ भनेर निर्वाचित कार्यसमिति तथा अब निर्वाचन हुने नेताहरुलाई कांग्रेसको सिद्दान्तलाई अगाडी सरेर कम गर्न सहभागी कार्यकर्ताहरु आग्रह गरेका छन्। न्याय, समानता र निष्पक्ष भएमात्रै काङ्ग्रेसमा एकता कायम हुने र पार्टीलाई अझ बलियो शक्ति उत्पन्न हुने विश्वास पौडेलले व्यक्त गरे ।
‘नेताले कार्यकर्ता गुनासो सम्बोधन गर्न नसकेको भन्दै चौतर्फी अलोचन भैरहेको बेला बरिष्ठ नेता पौडेलले नेताले कार्यकर्ताको मुल्यांकन तब गर्छ जब कार्यकर्ताले नेताको मुल्यांकन गर्छ बन्दै कुन नेताले देशलाई दिशा दियो, कुन नेताले देशलाई सहि बाटो देख्यो आचरण मा रहेर काम गरे भनेर मुल्यांकन कार्यकर्ताहरु अब मुल्यांकन गर्न सक्नु पर्छ , पौडेलले भने ।
त्यसैगरी केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री शंकर भण्डारीले शुभकामना मन्त्यब्य राख्दै कार्यकर्तालाई तनहूँमा कुनै पनि गुटबन्दी नभएको र नवनिवार्चित कार्यकर्तालाई ढुक्कासँग काम गर्न सक्ने कुरा राखे । हाम्रो तनहुँबासी बरिष्ठ नेता रामचन्द्र पौडेल पार्टीका सभापति हुने इच्क्षा ब्यक्त गरेकाले उहालाई सहयोग गर्न केन्द्रीय समितिमा भएका नेता तथा कार्यकर्ताहरुलाई उनले अनुरोध गरे ।
नवनिर्वाचित नेपाली काँग्रेस ब्यास नगर सभापति सुर्यचन्द्र हड्खलेको सभ्पतित्वामा भएको उक्त कार्यक्रममा पार्टीका अमान्त्रिता सदस्य धुर्ब वाग्ले , जिल्ला सभापति बैकुठनाथ न्यौपाने , पूर्व जिल्ला सभापति रघुनाथ पौडेल , जील्ला कार्यवाहक सभापति जित बहादुर आले , महासमिति सदस्य मिरा जोशी र महधिवेशन प्रतिनिधि श्याम मौरती, बोलेका थिए । नवनिर्वाचित पार्टीका नगर सचिव खेमराज पोखरेलले संचालन गरेको उक्त कार्यक्रममा सम्पूर्ण आगन्तुक नेता तथा कार्यकर्तालाई स्वागत मन्तब्य दिई नवनिर्वाचित उपसभापतिमा क्या. सूर्ज बहादुर मल्ल स्वागत गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?