कास्कीका गुरुङ लागुऔषध सहित बेनिटारबाट पक्राउ

दमौली : पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-४ वेनीटारबाट लागुऔषध सहित एक जना पक्राउ परेको छ ।

पक्राउ पर्नेमा कास्कीको रुपा गाउँपालिका-६ चिसापानी स्थित बस्ने ३३ वर्षीय अन्तिम गुरुङ छन् ।

काठमाडौबाट पोखरा तर्फ आउदै गरेको ग २ ख ३९६१ नं. को माईक्रो बसलाई रोकी चेकजाँच गर्ने क्रममा बसमा सवार गुरुङलाई लागुऔषध सहित पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक मोहनबहादुर खॉणले जानकारी दिए ।

प्रहरीले पटेलको साथबाट ४० थान डाइजेपाम, ४० थान फेनरागन र ४० थान नुफिन बरामद गरेको छ।

उनलाई शुक्रबार तनहुँ अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान कार्य भईरहेको तनहुँ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?