प्रेस युनियन तनहुँको अध्यक्षमा गोरा मियाँ

दमौली : कांग्रेस निकट नेपाल प्रेस युनियन तनहुँको अध्यक्षमा शेष मोहमद हनिफ (गोरा मियाँ) चयन भएका छन् ।

शनिवार दमौलीमा भएको आठौं अधिवेशनबाट सर्वसम्मत रुपमा मियाँलाई अध्यक्षमा चयन भएका हुन् ।

उपाध्यक्षमा खुल्ला तर्फ प्रकाश अधिकारी र समावेशी तर्फ पूर्ण विक चयन भएका छन् ।

सचिवमा उपेन्द्र खनाल , कोषाध्यक्षमा एलोज श्रेष्ठ, सह-सचिवमा शिला वाग्ले चयन भएका छन् ।

त्यस्तै गरी सदस्यहरुमा खुल्ला तर्फ सञ्चय श्रेष्ठ, दान बहादुर श्रेष्ठ, श्रीकृष्ण आचार्य चयन भएका छन् ।

महिला तर्फ मुना कालिराज विक र सुनिता थापा समावेशी तर्फ शुशिला थापा, बिनिता थापा र अन्य खुल्ला सदस्य मिलन तामाङ चयन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?