भोलि सार्वजनिक बिदा

गण्डकी प्रदेश सरकारले भोलि मंगलबार सार्वजनिक विदा दिएको छ ।

बैशाख ७ गते चैते दशैं परेकोले सो अवसरमा प्रदेश सरकारले सार्वजनिक विदा दिएको हो ।

चैत १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले गण्डकी प्रदेशमा चैते दशैंसहित ५ चाडपर्वमा विदा दिने गरी राजपत्रमा प्रकाशित गरेको हो । प्रदेश सरकारले मंगलबार सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थाहरुमा सार्वजनिक विदा दिएको हो ।

राजपत्रअनुसार ०७८ सालमा चैते दशैंसहित ईद, तमुल्होसार, सोनाम ल्होसार र ग्याल्बो ल्होसारलाई बिदा दिने निर्णय गरिएको हो । प्रदेश सरकारलाई वर्षमा बढीमा ७ दिन बिदा दिने अधिकार दिइएको हुन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?