नेपालले लगातार दोस्रो जितसंगै अंक तालिकाको शीर्ष स्थानमा उक्लियो

साफ च्याम्पियनसिप २०२१ को दोस्रो खेलमा नेपालले श्रीलंकालाई हराउँदै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । सोमबार राति ९:४५ बजे माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा नेपालले श्रीलंकालाई ३-२ ले हराउँदै लगातार दोस्रो जित दर्ता गरेको हो।

लगातार दोस्रो जितसँगै नेपालले २ खेलमा ६ अंक बनाउन सफल भएका छन । राउण्ड रोबिन लिगमा बंगलादेश २ खेलमा ४ अंक जोड्दै दोस्रो स्थानमा छ । भारत १ खेलमा १ अंकसहित तेस्रो स्थानमा छ भने श्रीलंका र माल्दिभ्स अंकविहिन छन् ।
नेपालका लागि पहिलो हाफको ३० औं मिनेटमा सुमन लामाको गोलले अग्रता लिएको नेपालले दोस्रो हाफमा थप २ गोल गर्न सफल भए ।दोस्रो हाफमा नेपालले ५२ औं मिनेटमा अन्जनकै गोलमा नेपालले अग्रता दोब्बर पार्यो तेस्तै ८६ औं मिनेटमा आयुषले घलानले गोल गर्दै नेपाललाई जितनजिक पुर्याएका थिए ।  श्रीलंकाका मर्विन ह्यामिल्टन ५६ औं मिनेटमा गोल गरे। इन्ज्युरी समयमा श्रीलंकाले पेनाल्टी पाएसंगै  डिलन दे सिल्भाले सजिलै गोल गर्दै अन्तर घटाएका थिए ।तेसपछी कुनै टिमबाट गोल हुन सकेन र नेपाल ३-२ को जित सम्भव भएको हो ।

आजको पहिलो खेलमा बंगलादेशले उपाधिको दावेदार मानिएको  भारतलाई बराबरीमा रोकेको थियो । उक्त खेलमा  १० खेलाडीमा सिमित भएर खेलेको बंगलादेशले भारतलाई १-१ को बराबरीमा रोक्न सफल राह्यो ।खेल बराबरीमा संगै बंगलादेश र भारतले १/१ अङ्क बाँडे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?