दमौली : केही पर बस्तीबाट ‘बचाऊ बचाऊ !’ भनेको आवाज सुनिंदै थियो । कोही वस्तीमा बसेर मादीले मान्छे बगायो, ‘गुहार !’ भन्दै हल्ला गरिरहेका थिए । सुरक्षा निकायका केही व्यक्तिहरू कम्ब्याटमा सजिएर डुंगामार्फत् आवाज आएतर्फ हानिंदै थिए । झट्ट सुन्दा र देख्दा यथार्थझैं लाग्ने यो आवाज र दृश्य वास्तविक नभई जिल्लास्थित ३ वटै सुरक्षा निकायको संयुक्त रुपमा सोमवार विपद् प्रतिकार्यको एक नमूना अभ्यासको थियो ।
तनहुँमा तीन वटै सुरक्षा निकायद्वारा संयुक्त रुपमा विपद प्रतिकार्य नमूना अभ्यास कार्य व्यास नगरपालिका ५ र १० का बीचमा बहने मादी नदीको बगरमा गरिएको थियो । अभ्यासका क्रममा अविरल बर्षासँगै आएको बाढीका कारण मादी नदीले धार परिवर्तन गर्दा नदी किनारको बस्ती तर्फ पसेको थियो । वस्तीका मानिसहरुलाई कसरी उद्वार गर्न सकिन्छ भन्ने वितव्यको दृश्य देखाइएको थियो ।
उक्त अभ्यासमा बाढी सहित भूकम्प, पहिरो र आगलागी सम्बन्धी अभ्यासमा गरिएको थियो । प्रदेश सरकार र नेपाली सेना, पश्चिम पृतनाको आयोजनमा प्राकृतिक विपत्तिमा परेका सर्वसाधारणलाई तत्काल उद्धार तथा राहत उपलब्ध गराउने योजनाअनुसार तयारी पारिएको उद्धारसम्बन्धी अभ्यास प्रदर्शन गरेको हो।
विपद् व्यवस्थान कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यामन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद्का घटना न्यूनीकरण, खोज तथा उद्धारमा नेपाली सेनाको भूमिका प्रशंसनीय रहँदै आएको बताए। उनले प्रदेश सरकारबाट विगतमा पनि विभिन्न कार्य गरेको बताउदै आगामी दिनमा पनि सुरक्षामा सबै बढी कार्य गर्ने प्रतिबद्दता व्यक्त गरे ।
पानीबाट आउने विपद् तथा यसको न्यूनीकरणका विषयमा स्थलगत अभ्यास गरिएको समितिका अध्यक्ष तथा तनहुँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए। उनका अनुसार जनप्रतिनिधि,विद्यार्थी, सर्वसाधारण, सुरक्षाकर्मीहरूको सहभागितामा विपद् पूर्वतयारी तथा प्रतिकार्य अभ्यास प्रदर्शन गरिएको हो।
प्राकृतिक विपत्तिमा परेका सर्वसाधारणलाई तत्काल उद्धार गर्ने लक्ष्यका साथ पूर्वतयारीस्वरूप भौतिक रुपमा अभ्यास प्रदर्शन गरिएको प्रजिअ थापाले बताए।
मनसुनको समयमा बाढी, पहिरोलगायत विभिन्न प्रकारका सम्भावित प्राकृतिक विपत्तिहरूमा परेका सर्वसाधारणलाई तत्काल उद्धार गर्ने उद्देश्यले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल , नेपाल रेडक्रस सोसाइटी, दमौली जिल्ला अस्पतालको संयुक्त उद्धार समिति समेत गठन गरिएको छ। सोही संयुक्त उद्धार समितिले पूर्वतयारी स्वरुरूप अभ्यास प्रदर्शन गरेको हो।
संयुक्त उद्धार समितिले प्रदर्शन गरेको विपद पूर्वतयारीका कार्यक्रममको स्थलगत अभ्यासले सर्वसाधारणलाईसमेत सचेत रहन तथा उद्धारमा संलग्न हुनुपर्ने जानकारी प्राप्त भएको विपद् पूर्वतयारी अभ्यास कार्यक्रममा सहभागी व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेले बताए। उनले समय र मौसम अनुसार सर्वसाधारणलाई सचेत गराउन यस प्रकारका कार्यक्रम सञ्चालन गरिनु पर्ने बताए।
विपद् पूर्वतयारी तथा प्रतिकार्य अभ्यासमा सिलट्यांकीमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीले नदीमा पसेर घाइतेको उद्धार, उद्धार पछिका प्राथमिक उपचारलगायत कार्यको स्थलगत अभ्यास गरेका हुन्।
प्रदेश सरकार र नेपाली सेना, पश्चिम पृतनाको आयोजनमा भएको अभ्यासमा जिल्ला प्रशासन, कालीभञ्जन गण (इ) चापघाट, जिल्ला प्रहरी कार्यालय तनहुँ, सशस्त्र प्रहरी बल नेपाल, दमौली अस्पताल र नेपाल रेडक्रस सोसाइटी नुवाकोटलगायत सरोकारवाला सहभागी थिए।
















यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?