
मुग्लिन : सुख्खा पहिरो खसेका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अबरुद्ध भएको छ ।
आज दिउसो २ः३५ बजेको समयमा इच्छाकामना गाँउपालिका ६ स्थित तीन नम्बर पुलमा सुख्खा पहिरो खस्दा सडक अबरुद्ध भएको हो ।
पहिरोका कारण दुईतर्फी रुपमा नै सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
अहिले लोडरको प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ । पहिरोका कारण गन्तव्यमा हिडेका सवारीसाधनहरु सडकमै रोकिएका छन् ।
तस्विरः मनोज घिमिरे
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?