
दमौलीमा चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमनलाई तीव्रता दिएको छ ।जिल्ला प्रशासन कार्यालय तनहुँ, अन्तरिक राजस्व कार्यालय , घरेलु कार्यलय , खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, व्यास नगरपालिका र उद्योग वाणिज्य संघको संयुक्त टोलीलेले दमौली वरिपरिको रहेका बजार अनुगमनलाई तीव्रता दिएको हो ।
बजार अनुगमनपछि अनुगमन समितिका संयोजक एवम् सहयक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले आज बुधवार व्यास २ मा रहेको ५ पाउरोटी तथा बेकारी उद्योग र एक चिउरा मिलको अनुगमन गरेको बताए । उनलेले पाउरोटी तथा बेकारी उद्योगमा बिक्री समान गरिरहेका मिति, निर्माण स्थाल सरसफाई , दर्ताका कागजात पत्र र निर्माण गरिएका बस्तु खानायोग्य छ कि छैन भनेर अनुगमन गरेको बताए ।
पाउरोटी तथा बेकारी उद्योग अनुगमनका एक चिउरा मिल दर्ता बिना नै बिक्रि वितरण गरेको पाएकाले २ दिन भित्र दर्ता गर्ने समय दिएको , २ वाट पाउरोटी तथा बेकारी उद्योग सरसफाई गरेर मात्र संचालन ल्याउन र एक पाउरोटी तथा बेकारी उद्योग साइनबोर्ड राख्न निर्देशन दिएको छ । अनुगमन समितिका संयोजक बरालले भने, ‘हामीले चाडपर्वलाई लक्षित मात्र नभएर बजारमा रहेका अखाद्य बस्तुहरुको बेचबिखन बजारमा नहोस भन्ने उद्देश्यले अनुगमन तीव्र बनाएका छौं, आज व्यास ३ मा हाम्रो टोलीले अनुगमन गरेको छ, त्यहाँका ६ वटा भन्दा धेरै उद्योग तथा पसलमा अनुगमन गरेका छौं, त्यसमध्ये १ वटा मिललाई घरेलुमा, २ वाट पाउरोटी तथा बेकरी उद्योगलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा बोलाएका छौ भने १ वटा पाउरोटी तथा भण्डारलाई व्यास नगरको सल्लाह अनुसार तत्काल कारबाही अगाडी बढाउने छौ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?