दमौली : पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-४ वेनीटारबाट लागुऔषध सहित एक जना पक्राउ परेको छ ।
पक्राउ पर्नेमा तनहुँको बन्दिपुर गाउँपालिका-४ गुरुङटार स्थित २० वर्षीय पुर्ण कुमार श्रेष्ठ रहेका छन् ।
मुग्लिङबाट आबुँखैरेनी तर्फ आउदै गरेको ग १ ख ९७२० नं. को बसलाई रोकी चेकजाँच गर्ने क्रममा बसमा सवार श्रेष्ठलाई लागुऔषध सहित पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक मोहनबहादुर खॉणले जानकारी दिए ।
प्रहरीले उनको साथबाट डाईजेपाम ४८ एम्पुल, फेनेरागन ४८ एम्पुल र नुफिन ४८ एम्पुल गरी जम्मा १४४ एम्पुल बरामद गरेको छ।
उनलाई आइतवार तनहुँ अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान कार्य भईरहेको तनहुँ प्रहरीले जनाएको छ ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?