मोरङका थारु लागुऔषध गाँजा सहित बेनिटारबाट एक जना पक्राउ

दमौली : पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-४ वेनीटारबाट लागुऔषध गाँजा सहित एक जना पक्राउ परेको छ ।

पक्राउ पर्नेमा तमोरङ कानेपोखरी गाउँपालिका -४ बयरबन स्थित २४ वर्षीय सम्राट चौधरी थारु रहेका छन् ।

मुग्लिङबाट आँबुखैरेनी तर्फ आउदै गरेको ग १ ख ८६१८ नं.को यात्रु वाहक रोकी चेकजाँच गर्ने क्रममा बसमा सवार थारुलाई लागुऔषध सहित पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक मोहनबहादुर खॉणले जानकारी दिए ।

प्रहरीले उनको साथबाटसेतो बोरा भित्र लुकाई राखेको अवस्थाको १३ के.जी. ५०० ग्राम अवैध लागु औषध गाँजा बरामद गरेको छ।

थारुलाई नियन्त्रणमा  अनुसन्धान कार्य भईरहेको तनहुँ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?