
दमौली : तनहुँ जिल्लालाई आज पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य जुध्द बहादुर गुरूङले जिल्लालाई एक समारोहका बीच पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेको हो ।
घोषणा कार्यक्रममा उनले सबै बालबालिकालाई खोपको सुनिश्चितता गरिएको बताए । स्वास्थ्यमा सबैको पहुँच अभिवृद्धिका लागि कार्यक्रम अगाडि बढाउनु पर्ने उनको भनाइ थियो ।
कार्यक्रममा स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले १६ महिनादेखि माथि २३ महिनाभित्रका ११ हजार ८ सय ९ बालबालिकाले पाउनुपर्ने सबै खोप पाएको जानकारी दिए ।
जिल्ला समन्वय समिति तनहुँका प्रमुखसमेत रहेका जिल्ला पूर्ण खोप समन्वय समितिका अध्यक्ष शान्तिरमण वाग्लेको अध्यक्षतामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको कार्यक्रममा नगर/गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारीसहितको सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?