प्रदीप पौडेलको प्रश्न– बढ्दो तापक्रमको असर रोक्न सरकारले के गरिरहेको छ?

काठमाडौं : नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले बढ्दो तापक्रमबाट जनजीवनमा परेको असर न्यूनीकरणका लागि सरकारले गरेको कामको जानकारी गर्न माग गरेका छन्।

पछिल्लो हप्तादेखि मुलुकभर तापक्रम बढेका कारण विद्यालय लगायतका दिवा गतिविधि ठप्प भएको छ।

सोही विषयलाई उल्लेख गर्दै प्रतिनिधि सभाको बिहीबारको बैठकको शून्य समयमा बोल्दै सांसद पौडेलले उक्त जिज्ञासा राखेका हुन्।

‘नेपालमा अझै १ हप्ता तापक्रम यही अवस्थामा रहने देखिन्छ। विश्वव्यापीरुपमा तापक्रम बढ्ने क्रममा छ,’ सांसद पौडेलले भने, ‘त्यसैले यसको तात्कालीन र दीर्घकालीन समस्या समाधानका लागि सरकारले के गरिरहेको छ? हामी जान्न चाहान्छौं।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?