
नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री नेकपा ( एकिकृता समाजवादी ) का केन्द्रीय सदस्य कृष्णकुमार श्रेष्ठ किसानले आफु मन्त्री पदका लागि एमाले पार्टी छोडेको नभएर काम गरेर देखाउन लागि पार्टी छोडेको बताए ।
उनले पदको लागि नभएर आफूले सर्वोच्च अदालतको सम्मान गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको बताए ।‘विश्वासको मत दिँदा किसान श्रेष्ठ नेपाली कांग्रेस प्रवेश गर्यो भने, गद्धार पनि भने । आफ्नै पार्टी फुटाउन सर्वोच्चमा हस्ताक्षर गर्नेहरु गद्धार नहुने, म कसरी गद्धार भए ?’ दुई पटकसम्म संसद विघटन गर्ने गद्धार भएको उनको भनाइ थियो ।
आज तनहुँको दमौलीमा नेपाल कम्युनिष्ट पार्टी ( एकिकृता समाजवादी ) जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै केहि साइबर स्यालहरुले हाम्रो भोटको अपमान भयो भन्दै हिडीरहेको देखेको कारणले मैले नेपालको संविधानले दिएको कानुन अनुसार ५ बर्ष सम्म तनहुँ बासीहरुको हकहितका लागि काम गर्न, यहाँका जनताको इच्छा आकांक्षा पुरा गर्न पाठएका कारणले जनताका हकहितका काम गर्दै आएको र काम गर्ने प्रतिवद्धता राख्दै स्यालहरु करएर काम गर्न कुनै अप्ठ्यारो नरहेको बताए ।
त्यसैगरि मन्त्री श्रेष्ठ युवाहरुको क्षेत्रकलाई बिशेष प्राथमिता राखेर काम गर्ने प्रतिबद्धता राख्दै कोभिड १९ ले नेपालमा १५ लाख श्रमिकले रोजगारि गुमाएको तथ्यांक मन्त्रीको सपथ पछि आफुले पाएको भन्दै मन्त्री श्रेष्ठले युवालाई रोजगारि दिलाउन सबै उपाय अपनाउने बताए । मन्त्री भए पछि आफ्नो जिम्मेवारी थपिएको भन्दै श्रेष्ठले तनहुँमा बेरोजगार युवाहरूलाई रोजगारीका प्याकेज ल्याउने समेत बताए । साथै वैदेशिक रोजगारीको शिलशिलामा विदेश लाने बहानामा युवाहरुलाई फसाउने जस्ता क्रियाकलाप धेरै सुनेको छु, किसान श्रेष्ठ श्रम मन्त्री भएर आएको छ । त्यस्ता दलालहरु होसियार रहने दिन आइसकेको मन्त्री श्रेष्ठले दाबी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?