हामीसँग समय छैन भनेर बस्ने छुट छैन, समय छोटो छ :शहरी विकास मन्त्री झाक्री

नवनियुक्त शहरी विकासमन्त्री रामकुमारी झाक्रीले वर्तमान सरकारलाई सबै नागरिकको सरकार हो भन्ने प्रत्याभूत गराउने प्रतिवद्धता व्यक्त गरेकी छन् ।

आज तनहुँको दमौलीमा नेपाल कम्युनिष्ट पार्टी ( एकिकृता समाजवादी ) जिल्ला कार्यसमितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले  विकासको पक्षमा रहेर काम गर्ने र पार्टीले आफूलाई दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने बताइन् ।

मन्त्री झाँक्रीले ‘हामीसँग समय छैन भनेर बस्ने छुट छैन, समय छोटो छ तर केही न केही गरेरै छाड्छौँ ,‘गुल्मीले मन्त्री पायो भन्दैमा गुल्मीमा मात्रै विकास होइन, जुम्ला र हुम्लामा पनि विकास हुनुपर्छ, न्यायोचित विकासको पक्षमा म छु’ उनले भनिन् । मन्त्री झाक्रीले स्मार्ट सिटी मात्र नभई बस्न योग्य सहर बनाउनेतर्फ मन्त्रालयले ध्यान दिने बताइन् ।

साथै उनीले एकिकृत समाजवादी बिद्रोहको शुन्य प्रभाव भनेको सुनेको छ यो गलत हो , हाम्रो पार्टी नै भोलि क्रान्तिको घर हुन् सक्ने बताइन् । तनहुँ बामपन्थीहरुले पिल्सिको जिल्ला भएकाले अब बामपन्थीहरुको मुहार फेर्ने जिल्ला पनि हुन्छ भन्दै उपस्थित कार्यकर्ताहरुलाई आग्रह गरिन l

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?