विजेता बनेसँगै मगरले सपनाको एउटा खुड्किलो उक्लिएको बताइन्। ‘पहिलो सिजनमै विजेता बने, दायित्व पनि महसुस भएको छ। संस्कृतिको प्रवर्द्धनमा मेरो भूमिका हुनेछ’, उनले भनिन्।
यस्तै अन्तिम प्रतिस्पर्धामा स्मृति ठाडामगर उपविजेता र क्लिया थापामगर दोस्रो बनिन्। उनीहरूले क्रमशः दुई लाख र एक लाख रुपैयाँ समेत प्राप्त गरे।
कार्यक्रममा सुब्बासँगै अभिनेत्री मिरुना मगर, अभिनेता अनुपविक्रम शाही, मोडल रिना थापामगर, हिमाल राना, सङ्जोग लाफामगर, अलिगिभा पुनमगर र रुद्र सिरिजमगरले निर्णायकको भूमिका निर्वाह गरेका थिए। रासस











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?